arrow

परजीवी नियन्त्रणका लागि महानगरद्वारा निःशुल्क औषधि वितरण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २९ मंगलबार
cow-milk-farmer.jpg

विराटनगर ।  विराटनगर महानगरपालिकाले पशुपालक किसानलाई पशुमा लाग्ने परजीवी रोग नियन्त्रणका लागि निःशुल्क औषधि वितरण गरेको छ । महानगरको पशुपंक्षी शाखाले वडा नं १८ को भेडियारी टोलमा आयोजित कार्यक्रममा पशु किसानलाई परजीवी नियन्त्रणसम्बन्धी औषधि वितरण गरेको हो ।
 
त्यस क्षेत्रमा किसानले गाई, भैँसी र बाख्रा व्यावसायिक रुपमा पाल्दै आएका छन् । आन्तरिक परजीवीका कारण उत्पादनमा नोक्सानी खेप्दै आएकाले औषधि वितरण गरिएको महानगरका पशुपंक्षी महाशाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिए ।

 उनले पशुको गोबर जाँच गरी औषधि वितरण गरिएको बताउए । उक्त वडामा ७६ घरपरिवारका दुई ३५ वटा पशुवस्तुलाई परजीवी नियन्त्रण एवं रोकथामका लागि निःशुल्क वितरण गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ