- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । अहिले देशभर उखरमाउलो गर्मी छ । तराईमा लू लागेको छ भने पहाडमा पनि समस्या उत्तिकै छ । काठमाडौँ उपत्यकामा त लामो समयसम्म उच्च तापक्रम चलिरहेको छ ।
सकभर गर्मीमा बाहिर ननिस्कन स्थानीय प्रशासनहरुले आग्रह गरिरहेका छन् । तर मजदुरी नगरी नहुने वर्गलाई गर्मीले कहाँ छुन्छ र पापी पेटको सवाल जो छ ।
मजदुरवर्गले गर्मीसमेत भन्न पाउँदैन । काठमाडौँ उपत्यकाले वर्षात् कुरेको करिब दुई हप्ता भइसक्यो ।
गर्मी बढेको भए पनि मजदुरहरू भने आफ्नो कर्ममा व्यस्त छन् । कोही बाटो बनाउन व्यस्त देखिन्छन् भने कोही मकै पोल्न र कोही सयौँ मिटर हिँडेर समान बिक्री गर्न ।
प्रचण्ड गर्मीले भने मानिसको जनजीवन नै प्रभावित परेको छ । तस्बिर – नेपाल फोटो लाइब्रेरी