arrow

दुर्घटनामा विष्टको मृत्यु : कोहलपुर सडकखण्ड अवरुद्ध, टिपरमा आगजनी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३२ शुक्रबार
Accident-sign.jpg

नेपालगञ्ज (बाँके) । बाँकेको राप्तीसोनारी–९ स्थित पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएपछि स्थानीयले एउटा टिपरमा आगजनी गरेका छन् ।

आगजनीबाट भे१ख ३०१९ नम्बरको टिपरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । 

उनका अनुसार गए राति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको टिपर र विपरीत दिशाबाट आउँदै गरेको भे१०प १४१३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा भएको सो दुर्घटनामा दुघराप्तीसोनारी–८ निवासी ३६ वर्षीय लोकेन्द्रबहादुर विष्टको मृत्यु भएको थियो ।

पीडितले अहिलेसम्म घटनास्थलबाट शव नउठाएर पूर्वपश्चिम राजमार्गको कोहलपुर सडकखण्ड अवरुद्ध गरेका छन् । प्रहरीले राजमार्ग सञ्चालन नभए पनि हुलाकी राजमार्गबाट सवारी आवागमन भइरहेको जनाएको छ । 

पीडितसँग इलाका प्रहरी कार्यालय कोहलपुरमा छलफल भइरहेको छ । प्रहरीले सवारीसाधन चालकको पहिचान भएको र उनलाई सम्पर्कमा ल्याउने कोसिस भएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ