arrow

विश्वकप टी–२० क्रिकेट

नेपाल र दक्षिण अफ्रिका मैदानमा, टस जितेर नेपाल बलिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १ शनिबार
t20-wc-2024-nep-sa-2.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा अहिले नेपाल र दक्षिण अफ्रिका खेल्दैछन् । 

वेष्ट इन्डिजको किंग्सटाउनमा नेपालले टस जितेर पहिले बलिङ गर्दैछ । समूह डीबाट दक्षिण अफ्रिका यसअघिका तीन वटै खेल जितेर सुपर एटमा पुगिसकेकोछ भने नेपालले पहिलो खेलमा नेदरल्याण्डसँग हार बेहोरेको थियो भने श्रीलंकासँगको दोस्रो खेल वर्षाले रद्द भएको थियो । 

सुपर एट प्रवेशका लागि सम्भावना जीवितै राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । 

अंक तालिका
३ खेलबाट ६ अंकसहित दक्षिण अफ्रिका शीर्ष स्थानमा रहेर सुपर एटमा पुगिसकेको छ । ३ खेलबाट ४ अंकको बंगलादेश दोस्रो स्थानमा रहेको छ भने ३ खेलबाट २ अंकको नेदरल्याण्ड्स तेस्रो स्थानमा छ । 

नेपाल २ खेलबाट १ र श्रीलंका ३ खेलबाट १ अंकसहित चौथो र पाँचौँ स्थानमा छ । श्रीलंका भने सुपर एटको होडबाट बाहिरिएको छ । 

नेपालले एक अंक बटुलेकाले सुपर एटको सम्भावना कायमै रहेको छ । तर अब वेष्ट इन्डिजमा हुने दुवै खेल जित्नुपर्नेछ । 

दक्षिण अफ्रिकालाई हराउन सक्यो भने नेपालको मनोबल उच्च हुँदा अन्तिम खेलमा बंगलादेशसँग पनि सकारात्मक परिणाम आउने छ । 

नेपालको टिममा सन्दीप लामिछाने पनि हुने भएकाले नेपालको आशा बलियो रहने छ । विपक्षी टिमको मनोबल खस्किन सक्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ