arrow

विश्वकप टी–२० क्रिकेट

दक्षिण अफ्रिकाविरुद्ध नेपालले लियो पहिलो विकेट, ऐरीलाई सफलता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १ शनिबार
t20-wc-2024-nep-sa-3.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा अहिले नेपाल र दक्षिण अफ्रिका खेलिरहेका छन् । 

वेष्ट इन्डिजको किंग्सटाउनमा नेपालले टस जितेर पहिले बलिङ गरेको छ । २२ रन जोड्दा दक्षिण अफ्रिकाले पहिलो विकेट गुमाएको छ । 

दीपेन्द्र सिंह ऐरीले गरेको बलिङ आफैँ क्याच गरेका थिए । तर त्यसपछि भने दक्षिण अफ्रिकाले तीव्र गतिमा रन जोडेको छ । 

नेपालले पहिलो पटक दक्षिण अफ्रिकासँग खेलिरहेको हो । 

समूह डीबाट दक्षिण अफ्रिका यसअघिका तीन वटै खेल जितेर सुपर एटमा पुगिसकेकोछ भने नेपालले पहिलो खेलमा नेदरल्याण्डसँग हार बेहोरेको थियो भने श्रीलंकासँगको दोस्रो खेल वर्षाले रद्द भएको थियो । 

सुपर एट प्रवेशका लागि सम्भावना जीवितै राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ