arrow

टी–२० विश्वकप क्रिकेट

दक्षिण अफ्रिकाविरुद्ध ११६ रन पछ्याउँदै नेपाल, एकै ओभरमा भुर्तेल १३ र पौडेल शून्यमा आउट 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १ शनिबार
t20-wc-2024-kushal-bhurtel.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको तेस्रो खेलमा अहिले नेपालले दक्षिण अफ्रिकासँग खेलिरहेको छ । 

जितका लागि नेपालले मात्र ११६ रनको चुनौती पछ्याइरहेको छ । नेपालले ७.२ ओभरमा पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमायो । उनी २१ बलमा १३ रन बनाएर ताबरइज शाम्शीको बलमा आउट भए । 

सोही ओभरमै कप्तान रोहित पौडेल २ बलमा शून्य रनमा आउट भए । 

यसअघि आसिफ शेख व्यक्तिगत १ रन बनाउँदा कागिसो रबाडाबाट क्याचआउट हुनबाट जोगिएका थिए । 

यसअघि वेष्ट इन्डिजको किंग्सटाउनमा नेपालले टस जितेर पहिले बलिङ गर्दै दक्षिण अफ्रिकालाई ११५ रनमा रोक्यो । 

दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर मात्र ११५ रन बनायो । ओपनर रिजा हेन्डरिक्सले ४९ बलमा सर्वाधिक ४३ रन बनाए । 

त्यस्तै ट्रिस्टन स्टुब्सले १८ बलमा अविजित रहँदै २७ रन बनाए । 

नेपालका लागि कुशल भुर्तेलले १९ रन खर्चेर ४ विकेट लिए । त्यस्तै दीपेन्द्र सिंह ऐरीले २१ रन खर्चेर ३ विकेट लिए । 

विश्वकपमा पहिलो पटक खेल्न पाएका सन्दीप लामिछानेले १८ रन खर्चेर कुनै विकेट लिएनन् । 

भुर्तेलले डेभिड मिलरमाथि गरेको एलबीडब्ल्यू आउटको अपील भने अम्पायर कलिङले आउट दिएको थिएन । 

नेपालले पहिलो पटक दक्षिण अफ्रिकासँग खेलिरहेको हो । 

समूह डीबाट दक्षिण अफ्रिका यसअघिका तीन वटै खेल जितेर सुपर एटमा पुगिसकेकोछ भने नेपालले पहिलो खेलमा नेदरल्याण्डसँग हार बेहोरेको थियो भने श्रीलंकासँगको दोस्रो खेल वर्षाले रद्द भएको थियो । 

सुपर एट प्रवेशका लागि सम्भावना जीवितै राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ