arrow

टी–२० विश्वकप क्रिकेट

नेपाल दक्षिण अफ्रिकाविरुद्ध जित नजिक, अनिल साह २७ रन बनाएर आउट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १ शनिबार
t20-wc-2024-nep-sa-5.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको तेस्रो खेलमा अहिले नेपालले दक्षिण अफ्रिकासँग खेलिरहेको छ । 

जितका लागि नेपालले मात्र ११६ रनको चुनौती पछ्याइरहेको छ । नेपाल जित नजिक पुगेको छ । नेपालले १३.४ ओभर खेल्दा ३ विकेट गुमाएर ८५ रन बनाएको छ । 

अनिल साह २४ बलमा एक छक्काको मद्धतले २७ रन बनाए । अनिलले आसिफ शेखसँग मिलेर तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए । 

यसअघि पहिलो विकेटका लागि आसिफसँग मिलेर ३५ रनको साझेदारी गर्ने क्रममा कुशल भुर्तेलले २१ बलमा एक छक्काको मद्धतले १३ रन बनाएर आउट भएका थिए । 

विश्वकप इतिहासकै कान्छा कप्तान रोहित पौडेल भने २ बलमा रनको खाता नखोली आउट भएका थिए । 

यसअघि आसिफ शेख व्यक्तिगत १ रन बनाउँदा कागिसो रबाडाबाट क्याचआउट हुनबाट जोगिएका थिए । 

यसअघि वेष्ट इन्डिजको किंग्सटाउनमा नेपालले टस जितेर पहिले बलिङ गर्दै दक्षिण अफ्रिकालाई ११५ रनमा रोक्यो । 

दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर मात्र ११५ रन बनायो । ओपनर रिजा हेन्डरिक्सले ४९ बलमा सर्वाधिक ४३ रन बनाए । 

त्यस्तै ट्रिस्टन स्टुब्सले १८ बलमा अविजित रहँदै २७ रन बनाए । 

नेपालका लागि कुशल भुर्तेलले १९ रन खर्चेर ४ विकेट लिए । त्यस्तै दीपेन्द्र सिंह ऐरीले २१ रन खर्चेर ३ विकेट लिए । 

विश्वकपमा पहिलो पटक खेल्न पाएका सन्दीप लामिछानेले १८ रन खर्चेर कुनै विकेट लिएनन् । 

भुर्तेलले डेभिड मिलरमाथि गरेको एलबीडब्ल्यू आउटको अपील भने अम्पायर कलिङले आउट दिएको थिएन । 

नेपालले पहिलो पटक दक्षिण अफ्रिकासँग खेलिरहेको हो । 

समूह डीबाट दक्षिण अफ्रिका यसअघिका तीन वटै खेल जितेर सुपर एटमा पुगिसकेकोछ भने नेपालले पहिलो खेलमा नेदरल्याण्डसँग हार बेहोरेको थियो भने श्रीलंकासँगको दोस्रो खेल वर्षाले रद्द भएको थियो । 

सुपर एट प्रवेशका लागि सम्भावना जीवितै राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । 

अंक तालिका
३ खेलबाट ६ अंकसहित दक्षिण अफ्रिका शीर्ष स्थानमा रहेर सुपर एटमा पुगिसकेको छ । ३ खेलबाट ४ अंकको बंगलादेश दोस्रो स्थानमा रहेको छ भने ३ खेलबाट २ अंकको नेदरल्याण्ड्स तेस्रो स्थानमा छ । 

नेपाल २ खेलबाट १ र श्रीलंका ३ खेलबाट १ अंकसहित चौथो र पाँचौँ स्थानमा छ । श्रीलंका भने सुपर एटको होडबाट बाहिरिएको छ । 

नेपालले एक अंक बटुलेकाले सुपर एटको सम्भावना कायमै रहेको छ । तर अब वेष्ट इन्डिजमा हुने दुवै खेल जित्नुपर्नेछ । 

दक्षिण अफ्रिकालाई हराउन सक्यो भने नेपालको मनोबल उच्च हुँदा अन्तिम खेलमा बंगलादेशसँग पनि सकारात्मक परिणाम आउने छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ