arrow

ट्रकको ठक्करबाट युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १ शनिबार
accident-final.jpg

पोखरा । पोखरामा आज दिउँसो सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा महानगरपालिका वडा नं. ३२ खोलाछेउ बस्ने २९ वर्षीय सागर तिवारी छन् ।

सडकमा हिंडिरहेका तिवारीलाई पोखरा-९ प्रदर्शनी केन्द्रस्थित ग१क ५३२० नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो।

उनको त्यहाँ उपचारको क्रममा केही बेरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ