arrow

काठमाडौँमा यो वर्षकै सर्वाधिक गर्मी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १ शनिबार
heat-kathmandu-hot-81-2-31-.jpg

काठमाडौँ । काठमाडौँ उपत्यकामा यो वर्षकै सर्वाधिक गर्मी भएको छ । शनिबारको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले यो वर्षकै सर्वाधिक गर्मी काठमाडौँमा भएको बताए । 

यसअघि महाशाखाले बिहान जारी गरेको बुलेटिनमा भने शनिबार तापक्रम कम भएर शीतल हुने उल्लेख थियो । 

यसबारेमा मौसमविद् अर्यालले मापन गर्ने प्रविधि सही नभएका कारणले यसै भन्न नसकिने बताए । 

काठमाडौँमा यसअघि सन् १९८९ को मे ७ तारिखमा ३६.६ डिग्री सेल्सियस रहेको थियो । त्यो नै अहिलेसम्मकै सर्वाधिक हो । 

यसपालि भने निरन्तर ३४ डिग्रीमा लामो समय बसेकाले पनि काठमाडौँ उपत्यका उकुसमुकुस भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ