arrow

इङ्गल्याण्डको सुपर एट भविष्य अष्ट्रेलिया र स्कटल्याण्डको खेलमा भर   

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २ आइतबार
t20-wc-eng-nam.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा इङ्गल्याण्ड सुपर एटमा पुग्ने लगभग पक्का रहे पनि दुई सर्त अनिवार्य लागू पर्नेछ । त्यसका लागि अष्ट्रेलियाले स्कटल्याण्डमाथि जित हासिल गर्नुपर्छ । 

अहिले जारी अष्ट्रेलिया र स्कटल्याण्डबीचको खेलमा अष्ट्रेलिया विजयी हुनै पर्नेछ । अर्कातर्फ कथंकदाचित स्कटल्याण्ड विजयी भएको होस् वा वर्षाले खेल पूरा हुन नसकी रद्ध भएमा इङ्गल्याण्ड बाहिरिने छ । स्कटल्याण्ड सुपर एटमा पुग्नेछ । 

यसअघि इङ्गल्याण्ड लगातार दोस्रो जित हासिल गरेर दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा ओमानमाथि कीर्तिमानी ८ विकेटको जित हासिल गर्ने क्रममा नर्थ साउन्डमा पहिले ब्याटिङ्ग गरेको ओमानले १३.२ ओभरमा अलआउट हुँदै ४७ रनमात्र बनाउन सक्यो । यो जारी विश्वकपको सबैभन्दा कम स्कोर हो । 

जवाफमा इङ्गल्याण्डले ३.१ ओभरमै २ विकेटको क्षतिमा जित हासिल गर्यो । कम ओभरको जित पनि जारी विश्वकपको कीर्तिमान हो । 

त्यस्तै आइतबार बिहान सम्पन्न खेलमा इङ्गल्याण्डले नामिबियालाई ४१ रनले हरायो । समूह बीमा एक खेलअघि नै अष्ट्रेलिया ६ अंकसहित सुपर एटमा पुगेको छ भने इङ्गल्याण्डको ५ अंक छ । नामिबियाको २ अंक भएको छ भने ओमान अंकविहीन छ । स्कटल्याण्डको पनि ५ अंक छ । अष्ट्रेलिया र स्कटल्याण्डबीचको खेलपछि मात्र सुपर एटमा छानिने एक टिमको छनोट हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ