arrow

अष्ट्रेलियाले स्कटल्याण्डलाई हराउँदा इङ्गल्याण्ड सुपर एटमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २ आइतबार
t20-wc-2024-aus-scot.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा इङ्गल्याण्ड सुपर एटमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियाले स्कटल्याण्डमाथि जित हासिल गरेसँगै इङ्गल्याण्ड सुपर एटमा पुगेको हो । 

समूह बीबाट अष्ट्रेलिया ८ अंकसहित अपराजित रहँदै समूह विजेतासहित सुपर एटमा पुगेको छ भने समान ५ अंक भए पनि स्कटल्याण्डलाई रन रेटमा पछि पार्दै साविक विजेता इङ्गल्याण्ड सुपर एटमा पुगेको हो । 

अष्ट्रेलियाले स्कटल्याण्डलाई ५ विकेटले हरायो । पहिले ब्याटिङ्ग गर्दै स्कटल्याण्डले ५ विकेटको क्षतिमा १८० रन बनायो । ब्रान्डन म्याककुलेनले ३४ बलमा ६० तथा कप्तान रिच्चि बेरिङटनले ३१ बलमा ४२ रन बनाए । ग्लेन म्याक्सवेलले २ विकेट लिए । 

जवाफमा अष्ट्रेलियाले १९.४ ओभरमा ५ विकेटको क्षतिमा जित हासिल गर्यो । ट्राभिस हेडले ४९ बलमा ६८ रन बनाए भने मार्कस स्टोइनिसले २९ बलमा ५९ रन जोडे । 

यो समूहबाट अष्ट्रेलिया र इङ्गल्याण्डमा सुपर एटमा पुग्दा स्कटल्याण्डसँगै नामिबिया र ओमान बाहिरिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ