arrow

टी–२० विश्वकप क्रिकेट

नेपाललाई बंगलादेशविरुद्ध दोस्रो ओभरमै दोस्रो सफलता, दीपेन्द्रले लिए विकेट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३ सोमबार
t20-wc-2024-dipendra-singh-.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले अहिले बंगलादेशसँग खेलिरहेको छ । 

वेष्ट इन्डिजको किंग्सटाउनमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । नेपालले सनसनीपूर्ण शुरुआत गरेको छ । 

नेपालले दोस्रो ओभरको बलिङमा दुई विकेट लिइसकेको छ । नेपाललाई पहिलो बलमै सफलता मिलेको छ । 

सोमपाल कामीले पहिलो बलमै तान्जिद हसनलाई कट एन्ड बोल्ड गर्न सफल भएका हुन् । 

नेपालले पहिलो ओभरमै दोस्रो विकेटका रुपमा अम्पायरले आउट दिएका भए पनि बंगलादेशले लिएको रिभ्युमा भने सफलता हासिल गरेको थियो । 

तर दोस्रो ओभर बलिङ गर्न आएका दीपेन्द्र सिंह ऐरीले आफ्नो तेस्रो बलमै विकेट लिन सफल भए । उनले कप्तान निजामुल हसन शान्टोलाई बोल्ड आउट गरे । 

कप्तान रोहित पौडेलले मौसम र पिचको अवस्था बुझ्नका लागि पनि पहिलो बलिङ रोजेको बताएका छन् ।  

यो खेलमा करण केसीको ठाउँमा सन्दीप जोराले खेल्ने भएका छन् । 

यसअघि तेस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएसँगै नेपाल सुपर एटको होडबाट बाहिरिएको थियो । 

शनिबार बिहान भएको उक्त खेलमा नेपाल जित नजिक पुगेर पनि एक रनले पराजित भएको थियो । नेपालले मात्र ११६ रनको चुनौती पछ्याइरहेको अवस्थामा नेपालले ७ विकेटको क्षतिमा ११४ रनमात्र बनाउन सक्यो । 

नेपालले यो खेल जितेको भए ऐतिहासिक कीर्तिमान हासिल गर्ने थियो । नेपालले दक्षिण अफ्रिकासँग पहिलो पटक खेलेको थियो । 

अन्तिम बलमा गुल्सन झा रनआउट भए । उनले एक रन लिएको भए खेल सुपर ओभरमा पुग्ने थियो । उनले डाइभ गरेको भए रन पूरा हुने थियो । 

नेपालका लागि आसिफ शेखले ४९ बलमा १ छक्का र ४ चौकाको मद्धतले ४२ रन बनाए । तेस्रो विकेटका लागि शेखसँग मिलेर ५० रनको साझेदारी गर्ने क्रममा अनिल साहले २४ बलमा एक छक्काको मद्धतले २७ रन बनाए । 

यसअघि पहिलो विकेटका लागि आसिफसँग मिलेर ३५ रनको साझेदारी गर्ने क्रममा कुशल भुर्तेलले २१ बलमा एक छक्काको मद्धतले १३ रन बनाएर आउट भएका थिए । सोमपाल कामी ४ बलमा ८ रन बनाएर अविजित रहे । 

विश्वकप इतिहासकै कान्छा कप्तान रोहित पौडेल भने २ बलमा रनको खाता नखोली आउट भएका थिए । 

यसअघि आसिफ शेख व्यक्तिगत १ रन बनाउँदा कागिसो रबाडाबाट क्याचआउट हुनबाट जोगिएका थिए । 

दक्षिण अप्रिकाका लागि ताब्रेज शाम्शीले १९ रन खर्चेर ४ विकेट लिए । 

यसअघि वेष्ट इन्डिजको किंग्सटाउनमा नेपालले टस जितेर पहिले बलिङ गर्दै दक्षिण अफ्रिकालाई ११५ रनमा रोक्यो । 

दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर मात्र ११५ रन बनायो । ओपनर रिजा हेन्डरिक्सले ४९ बलमा सर्वाधिक ४३ रन बनाए । 

त्यस्तै ट्रिस्टन स्टुब्सले १८ बलमा अविजित रहँदै २७ रन बनाए । 

नेपालका लागि कुशल भुर्तेलले १९ रन खर्चेर ४ विकेट लिए । त्यस्तै दीपेन्द्र सिंह ऐरीले २१ रन खर्चेर ३ विकेट लिए । 

विश्वकपमा पहिलो पटक खेल्न पाएका सन्दीप लामिछानेले १८ रन खर्चेर कुनै विकेट लिएनन् । 

भुर्तेलले डेभिड मिलरमाथि गरेको एलबीडब्ल्यू आउटको अपील भने अम्पायर कलिङले आउट दिएको थिएन । 

समूह डीबाट दक्षिण अफ्रिका यसअघिका तीन वटै खेल जितेर सुपर एटमा पुगिसकेकोछ भने नेपाल र श्रीलंका बाहिरिएका छन् । 

पहिलो खेलमा नेदरल्याण्डसँग हार बेहोरेको थियो भने श्रीलंकासँगको दोस्रो खेल वर्षाले रद्द भएको थियो । 

यो समूहबाट अब बंगलादेश र नेदरल्याण्ड्समध्ये एक टिम सुपर एटमा पुग्नेछ । 

अहिले नेपालले बंगलादेशलाई हराउने हो र नेदरल्याण्ड्सले श्रीलंकालाई पराजित गर्ने हो भने नेदरल्याण्ड्स सुपर एटमा पुग्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ