arrow

टी–२० विश्वकप क्रिकेट

नेपाललाई बंगलादेशविरुद्ध तेस्रो सफलता, सोमपालले लिए दोस्रो विकेट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३ सोमबार
t20-wc-2024-sompal-.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले अहिले बंगलादेशसँग खेलिरहेको छ । 

वेष्ट इन्डिजको किंग्सटाउनमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । नेपालले सनसनीपूर्ण बलिङ गरिरहेको छ । 

बंगलादेशले ४.३ ओभर खेल्दा नेपालले तेस्रो विकेट लिएको छ । सोमपाल कामीलाई दोस्रो सफलता मिलेको छ ।

नेपाललाई पहिलो बलमै सफलता मिलेको थियो । सोमपाल कामीले पहिलो बलमै तान्जिद हसनलाई कट एन्ड बोल्ड गर्न सफल भएका हुन् । 

नेपालले पहिलो ओभरमै दोस्रो विकेटका रुपमा अम्पायरले आउट दिएका भए पनि बंगलादेशले लिएको रिभ्युमा भने सफलता हासिल गरेको थियो । 

दोस्रो ओभरमा नेपालले दोस्रो विकेट लियो । दीपेन्द्र सिंह ऐरीले आफ्नो तेस्रो बलमै विकेट लिन सफल भए । उनले कप्तान निजामुल हसन शान्टोलाई बोल्ड आउट गरे । 

तेस्रो विकेटका रुपमा सोमपालले व्यक्तिगत दोस्रो विकेट लिएका हुन् । उनले लिटन दासलाई व्यक्तिगत १२ रनमा आउट गरे । 

कप्तान रोहित पौडेलले मौसम र पिचको अवस्था बुझ्नका लागि पनि पहिलो बलिङ रोजेको बताएका छन् ।  

यो खेलमा करण केसीको ठाउँमा सन्दीप जोराले खेलिरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ