arrow

टी–२० विश्वकप क्रिकेट 

नेपाललाई बंगलादेशविरुद्ध चौथो सफलता, रोहितले दिलाए पहिलो ओभरमै विकेट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३ सोमबार
t20-wc-2024-nep-ban-p.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले अहिले बंगलादेशसँग खेलिरहेको छ । 

वेष्ट इन्डिजको किंग्सटाउनमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । नेपालले सनसनीपूर्ण बलिङ गरिरहेको छ । 

बंगलादेशले ५.४ ओभर खेल्दा ३० रन जोड्ने क्रममा चौथो विकेट गुमायो । चौथो विकेट कप्तान रोहित पौडेलले लिएका हुन् । 

उनले आफ्नो बलिङको चौथो बलमा टहिट हृदयलाई आउट गरे । उनले गरेको बलिङमा सन्दीप लामिछानेलाई क्याच थमाएका थिए । 

यसअघि सोमपाल कामीले २ तथा दीपेन्द्र सिंह ऐरीले १ विकेट लिएका थिए । 

नेपाललाई पहिलो बलमै सफलता मिलेको थियो । सोमपाल कामीले पहिलो बलमै तान्जिद हसनलाई कट एन्ड बोल्ड गर्न सफल भएका हुन् । 

नेपालले पहिलो ओभरमै दोस्रो विकेटका रुपमा अम्पायरले आउट दिएका भए पनि बंगलादेशले लिएको रिभ्युमा भने सफलता हासिल गरेको थियो । 

दोस्रो ओभरमा नेपालले दोस्रो विकेट लियो । दीपेन्द्र सिंह ऐरीले आफ्नो तेस्रो बलमै विकेट लिन सफल भए । उनले कप्तान निजामुल हसन शान्टोलाई बोल्ड आउट गरे । 

तेस्रो विकेटका रुपमा सोमपालले व्यक्तिगत दोस्रो विकेट लिए । उनले लिटन दासलाई व्यक्तिगत १२ रनमा आउट गरे । 

यो खेलमा करण केसीको ठाउँमा सन्दीप जोराले खेलिरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ