arrow

टी–२० विश्वकप क्रिकेट 

नेपाललाई बंगलादेशविरुद्ध छैटौँ सफलता, रोहितलाई दोस्रो सफलता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३ सोमबार
t20-wc-2024-nep-wkts-happy.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले अहिले बंगलादेशसँग खेलिरहेको छ । 

वेष्ट इन्डिजको किंग्सटाउनमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । नेपालले सनसनीपूर्ण बलिङ गरिरहेको छ । 

बंगलादेशले ११.४ ओभर खेल्दा ६१ रन जोड्ने क्रममा छैटौँ विकेट गुमायो । रोहित पौडेलले दोस्रो विकेट लिएका छन् । उनले शकिब उल हसनलाई व्यक्तिगत १७ रनमा एलबीडब्ल्यू आउट गरे । 

–नेपाललाई पहिलो बलमै सफलता मिलेको थियो । सोमपाल कामीले पहिलो बलमै तान्जिद हसनलाई कट एन्ड बोल्ड गर्न सफल भएका हुन् । 

–नेपालले पहिलो ओभरमै दोस्रो विकेटका रुपमा अम्पायरले आउट दिएका भए पनि बंगलादेशले लिएको रिभ्युमा भने सफलता हासिल गरेको थियो । 

–दोस्रो ओभरमा नेपालले दोस्रो विकेट लियो । दीपेन्द्र सिंह ऐरीले आफ्नो तेस्रो बलमै विकेट लिन सफल भए । उनले कप्तान निजामुल हसन शान्टोलाई बोल्ड आउट गरे । 

–तेस्रो विकेटका रुपमा सोमपालले व्यक्तिगत दोस्रो विकेट लिए । उनले लिटन दासलाई व्यक्तिगत १२ रनमा आउट गरे । 

–चौथो विकेट कप्तान रोहित पौडेलले लिए । उनले आफ्नो बलिङको चौथो बलमा टहिट हृदयलाई आउट गरे । उनले गरेको बलिङमा सन्दीप लामिछानेलाई क्याच थमाएका थिए । 

–पाँचौँ विकेटका रुपमा सन्दीप लामिछाने र गुल्सन झाले महमुल्लाहलाई व्यक्तिगत १३ रनमा रनआउट गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ