- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले अहिले बंगलादेशसँग खेलिरहेको छ ।
वेष्ट इन्डिजको किंग्सटाउनमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । नेपालले सनसनीपूर्ण बलिङ गरिरहेको छ ।
बंगलादेशले १५.३ ओभर खेल्दा ७५ रन जोड्ने क्रममा आठौँ विकेट गुमायो ।
आठौँ विकेटका रुपमा सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो विकेट लिए । जाकर अलीलाई व्यक्तिगत १२ रनमा बोल्ड आउट गरे ।
योसँगै सन्दीपले टी–२० अन्तर्राष्ट्रियमा सय विकेट पूरा गरेका छन् ।
नेपालका लागि सन्दीप लामिछाने, सोमपाल कामी र रोहित पौडेलले २–२ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए भने एक खेलाडी रनआउट भएका थिए ।
–नेपाललाई पहिलो बलमै सफलता मिलेको थियो । सोमपाल कामीले पहिलो बलमै तान्जिद हसनलाई कट एन्ड बोल्ड गर्न सफल भएका हुन् ।
–नेपालले पहिलो ओभरमै दोस्रो विकेटका रुपमा अम्पायरले आउट दिएका भए पनि बंगलादेशले लिएको रिभ्युमा भने सफलता हासिल गरेको थियो ।
–दोस्रो ओभरमा नेपालले दोस्रो विकेट लियो । दीपेन्द्र सिंह ऐरीले आफ्नो तेस्रो बलमै विकेट लिन सफल भए । उनले कप्तान निजामुल हसन शान्टोलाई बोल्ड आउट गरे ।
–तेस्रो विकेटका रुपमा सोमपालले व्यक्तिगत दोस्रो विकेट लिए । उनले लिटन दासलाई व्यक्तिगत १२ रनमा आउट गरे ।
–चौथो विकेट कप्तान रोहित पौडेलले लिए । उनले आफ्नो बलिङको चौथो बलमा टहिट हृदयलाई आउट गरे । उनले गरेको बलिङमा सन्दीप लामिछानेलाई क्याच थमाएका थिए ।
–पाँचौँ विकेटका रुपमा सन्दीप लामिछाने र गुल्सन झाले महमुल्लाहलाई व्यक्तिगत १३ रनमा रनआउट गरे ।
–छैटौँ विकेटका रुपमा रोहित पौडेलले व्यक्तिगत दोस्रो विकेट लिए । उनले शकिब उल हसनलाई व्यक्तिगत १७ रनमा एलबीडब्ल्यू आउट गरे ।
–सातौँ विकेट सन्दीप लामिछानेले लिए । उनले तान्जिम हसन सकिबलाई व्यक्तिगत ३ रनमा बोल्डआउट गरेका हुन् ।