arrow

टी–२० विश्वकप क्रिकेट 

नेपाललाई बंगलादेशविरुद्ध नवौँ सफलता, ऐरीलाई दोस्रो विकेट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३ सोमबार
t20-wc-2024-dipendra-singh-.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले अहिले बंगलादेशसँग खेलिरहेको छ । 

वेष्ट इन्डिजको किंग्सटाउनमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । नेपालले सनसनीपूर्ण बलिङ गरिरहेको छ । 

बंगलादेशले १७.१ ओभर खेल्दा ८८ रन जोड्ने क्रममा नवौँ विकेट गुमायो । नवौँ विकेट दीपेन्द्र सिंह ऐरीले लिए । उनले रिशद हुसेनलाई व्यक्तिगत १३ रन बनाउँदा अनिल साहलाई क्याच दिलाउन पुगे । 

नेपालका लागि सन्दीप लामिछाने, सोमपाल कामी, रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए भने एक खेलाडी रनआउट भएका थिए । 

–नेपाललाई पहिलो बलमै सफलता मिलेको थियो । सोमपाल कामीले पहिलो बलमै तान्जिद हसनलाई कट एन्ड बोल्ड गर्न सफल भएका हुन् । 

–नेपालले पहिलो ओभरमै दोस्रो विकेटका रुपमा अम्पायरले आउट दिएका भए पनि बंगलादेशले लिएको रिभ्युमा भने सफलता हासिल गरेको थियो । 

–दोस्रो ओभरमा नेपालले दोस्रो विकेट लियो । दीपेन्द्र सिंह ऐरीले आफ्नो तेस्रो बलमै विकेट लिन सफल भए । उनले कप्तान निजामुल हसन शान्टोलाई बोल्ड आउट गरे । 

–तेस्रो विकेटका रुपमा सोमपालले व्यक्तिगत दोस्रो विकेट लिए । उनले लिटन दासलाई व्यक्तिगत १२ रनमा आउट गरे । 

–चौथो विकेट कप्तान रोहित पौडेलले लिए । उनले आफ्नो बलिङको चौथो बलमा टहिट हृदयलाई आउट गरे । उनले गरेको बलिङमा सन्दीप लामिछानेलाई क्याच थमाएका थिए । 

–पाँचौँ विकेटका रुपमा सन्दीप लामिछाने र गुल्सन झाले महमुल्लाहलाई व्यक्तिगत १३ रनमा रनआउट गरे । 

–छैटौँ विकेटका रुपमा रोहित पौडेलले व्यक्तिगत दोस्रो विकेट लिए । उनले शकिब उल हसनलाई व्यक्तिगत १७ रनमा एलबीडब्ल्यू आउट गरे । 

–सातौँ विकेट सन्दीप लामिछानेले लिए । उनले तान्जिम हसन सकिबलाई व्यक्तिगत ३ रनमा बोल्डआउट गरेका हुन् ।  

– आठौँ विकेटका रुपमा सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो विकेट लिए । जाकर अलीलाई व्यक्तिगत १२ रनमा बोल्ड आउट गरे । योसँगै सन्दीपले टी–२० अन्तर्राष्ट्रियमा सय विकेट पूरा गरेका छन् । 
 



नयाँ