arrow

बन्यो टी–२० विश्वकप क्रिकेटको सुपर आठको समीकरण, बुधबारदेखि खेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३ सोमबार
t20-worldcup-2024.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा सुपर आठको समीकरण पूरा भएको छ । समूह चरणका खेलहरु मंगलबार बिहान सकिने भए पनि सुपर आठ प्रवेश गर्ने टिमहरुको भने टुंगो लागेको हो । 

सुपर आठमा भारत, अफगानिस्तान, बंगलादेश, अस्ट्रेलिया, अमेरिका, इङ्गल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका पुगेका छन् ।

सुपर आठको समूह १ मा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेश रहेका छन् भने समूह २ मा अमेरिका, इङल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका रहेका छन् ।

सुपर आठको दुई समूहमा रहेका देशले एक अर्कासँग एक–एक खेल खेलेपछि शीर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् । 

अब सुपर आठका खेलहरु बुधबारदेखि शुरु हुनेछन् । बुधबारको पहिलो खेलमा दक्षिण अफ्रिका र अमेरिका खेल्नेछन् । 

यो विश्वकपबाट नेपाल भने समूह चरणबाट बाहिरिएको छ । नेपालले १ अंकमात्र बटुल्यो । नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध शानदार बलिङ्ग गरेर प्रशंसा भने बटुलेको छ । 

   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ