arrow

स्काएफको दुई दिने तालिम सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ४ मंगलबार
multilane-highway-training.jpg

काठमाडौँ । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ्ग फर्म्स (स्काएफ) नेपालको आयोजनामा काठमाडौँमा दुई दिने डिजाइन अफ मल्टिलेन हाइवेज एन्ड रोड इन्टरसेक्सन्स विषयक तालिम सम्पन्न भएको छ । 

निर्माण व्यवसाय विकास प्रबर्धन समिति (सीबीआईसी), निर्माण व्यवसाय महासंघ (एफसीएन) नेपालको सहयोग तथा तालिम साझेदार चैतन्य प्रोजेक्ट्स कन्सलटेन्सी (सीपीसी) प्राली, नोयडा भारतको प्राविधिक सहयोगमा जेठ ३२ र असार १ गते भएको तालिम सकिएको हो ।  

स्काएफ नेपालको प्रकाशन तथा संचार उप-समितिका संयोजक ई तरुणरञ्जन दत्तले संचालन गरेको कार्यक्रमको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशिल बाबु ढकाल एवं स्काएफ नेपालका अध्यक्ष ई ठाकुरप्रसाद शर्माले संयुक्त रूपमा उद्घाटन गरेका थिए | 

एफसीएनका वरिष्ठ उपाध्यक्ष ई आङ दोर्जी लामाको पनि उपस्थिति रहेको सो कार्यक्रममा तालिम निर्देशक तथा स्काएफ नेपालका महासचिव ई कमल कार्कीले स्वागत मन्तव्य राखेका थिए । 

अध्यक्ष शर्माले भारतबाट आएका स्रोत व्यक्तित्त्वहरु ई मनमोहन सिंह रावत तथा ई राजेश नीलकण्ठन र तालिम कोअर्डिनेटर अशिम मित्र, रोहित बन्शल, तथा तालिममा सहभागी सम्पुर्णलाई स्वागत गरेका थिए  ।

चरणबद्द रूपमा संचालित तालिममा पहिलो दिन सडक तथा राजमार्ग निर्माण क्षेत्रमा ३० वर्षको अनुभव प्राप्त वरिष्ठ भारतीय विशेषज्ञ रावतले तालिम प्रदान गरेका थिए । त्यसैगरी सडक प्रतिच्छेदन क्षेत्रमा २३ वर्षको अनुभव प्राप्त वरिष्ठ भारतीय विशेषज्ञ नीलकण्ठनले दोस्रो दिन तालिम दिएका थिए ।

तालिमको समाप्तिपछि आयोजित समापन समारोहमा मन्त्रालयका संयुक्त सचिव तथा निर्माण व्यवसाय बिकास कार्यान्वयन समितिका अध्यक्ष भिमार्जुन अधिकारीले एकदमै सही समयमा यो तालिमको आयोजना गरेर स्काएफ नेपालले उत्कृष्ट काम गरेकोमा धन्यवाद दिंदै  सीबीडीआईसीले आगामी आर्थीक वर्षमा पनि यस्तो महत्त्वपूर्ण विषयमा तालिम संचालन गर्न सक्रिय सहयोग गरिरहने प्रतिबद्दता जनाए ।

तालिममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, स्थानीय पूर्वाधार विभाग (डीओएलटी), निर्माण व्यवसाय महासंघ नेपाल (एफसीएन, नेपाल विद्युत प्राधिकरण, काठमाडौँ महानगरपालिका शहरी योजना आयोग, यातायात इन्जिनियर समाज नेपाल (एसओटीइएन) लगायत स्काएफ नेपालका सदस्य फर्म्सबाटसमेत गरी जम्मा ५० जना सहभागीहरु सामेल भएका थिए |

यसैगरी प्रशिक्षक नीलकण्ठनले तालिम अत्यन्त नै रमाइलो वातावरणमा सम्पन्न भएको र सहभागीहरुसँग सौहार्द्रपूर्ण रूपमा अन्तर्कृया गर्न पाएकोमा आफूलाई खुशी लागेको बताए । स्काएफ नेपालको प्रकाशन तथा संचार उप-समितिका संयोजक दत्तले संचालन गरेको उक्त समापन समारोहमा तालिम निर्देशक तथा स्काएफ नेपालका महासचिव ई कमल कार्कीले स्वागत मन्तव्य राख्ने क्रममा यस प्रकारको अत्यन्तै महत्त्वपूर्ण  मल्टिलेन हाइवेज एन्ड रोड इन्टरसेक्सन्स विषयमा तालिम प्राप्त गर्ने आफ्नो उत्कट चाहना हुँदाहुँदै पनि सीमित संख्याका कारण तालिम लिन नपाएको भनी धेरैको गुनासो आएको जानकारी दिएका थिए ।

साथै ३०० बढी परियोजना समपन्न गरेको, ६००० किलोमिटर भन्दा बढीको मल्टी लेन सडकको डिजाइन तथा सुपरीवेक्षण अनुभव रहेको चैतन्य प्रोजेक्ट्स कन्सलटेन्सीसँग तालिममा सहकार्य गरी आर्जन भएको ज्ञान नेपालमा पनि भारत जस्तै मल्टी लेन सडक निर्माणमा उपयोगी हुने बताए साथै आउने दिनमा हुने तालिमहरु परिस्कृत रुपमा अझ सुधारेर गरिने जानकारी गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ