arrow

माछापुच्छ्रे बैंकको १० लाख ५७ हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २ आइतबार
machhapuchhre-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आइतबार एक सूचना प्रकाशित गर्दै संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १० लाख ५६ हजार ९ सय १७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको जनाएको हो ।

शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनी र अन्य व्यक्ति तथा संघ संस्थाहरूले आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।


शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सुन्धारामा रहेको जेडीए कम्प्लेक्सको तेस्रो तल्लामा रहेको शेयर विभागमा आफूले खरिद गर्न चाहेको शेयर संख्या र मूल्य खुलाइ आवेदन दिन सक्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ