arrow

खुला स्क्वासमा आभान र सृष्टिका विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ४ मंगलबार
squash-pokhara.jpg

पोखरा । पोखरामा खुला स्क्वास प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताअन्तर्गत पुरुषतर्फ आभन श्रेष्ठ तथा महिलातर्फ सृष्टिका उदास विजयी भएका छन् । यस्तै महिलातर्फ समीक्षा ठकुरी र पुरुषतर्फ नवराज श्रेष्ठ उपविजेता भए ।

यसैगरी महिलातर्फ निष्ठा श्रेष्ठ र अपेक्षा अधिकारी, पुरुषतर्फ आरभ श्रेष्ठ र राजु श्रेष्ठले कास्य पदक जितेका कास्की जिल्ला स्क्वास र्‍याकेट एसोसिएसन अध्यक्ष प्रविण पालिखेले जानकारी दिए ।

अन्तर्राष्ट्रिय ओलम्पिक डेको अवसरमा स्क्वास र्याकेट एसोसिएसन कास्कीद्वारा आयोजित प्रतियोगितामा पुरुषतर्फ ३२ र महिलातर्फ आठ जना प्रतियोगी सहभागी थिए ।

प्रतियोगितामा विजेता तथा उपविजेतालाई पदक प्रदान गरिएको थियो । विजेता तथा उपविजेता खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ