arrow

पार्टी बचाउन समाजवादी सिद्धान्त र नीति नछाड्न नेतृत्वलाई दबाब दिनुपर्छ : खनाल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ५ बुधबार
jhalnath-khanal-2080.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी बचाउन समाजवादी सिद्धान्त र नीति नछाडी कार्यकर्ताले नेतृत्वलाई दबाब दिनुपर्ने बताएका छन् । 

उनले पार्टीमा एक व्यक्ति एक पद लागू हुनुपर्ने बताउँदै पार्टी नेतृत्वमा सहमति भइदियोस् भन्ने कार्यकर्ताको चाहना रहेको पनि स्पष्ट गरे । 

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय विदेश विभागको बैठकमा उनले त्यस्तो बताएका हुन् । 

बैठकले दशौँ राष्ट्रिय महाधिवेशनका लागि विभागका सचिव डा शङ्कर खतिवडालाई प्रतिनिधिमा पठाउने निर्णय गरेको छ । 

विभागको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना महाधिवेशन प्रतिनिधिमा उनलाई सर्वसम्मतिबाट चयन गरिएको हो ।

यही असार १६-२० गते काठमाडौँस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा आयोजना हुने महाधिवेशनमा करिब एक हजार आठ सय ५० प्रतिनिधि चयन गरिने तथा केही मनोनयन गरिने र पर्यवेक्षकसमेत चुनिने बताइएको छ ।

देशभर बुधबार सबै महाधिवेशन प्रतिनिधि एकै पटक चुनिने छन् । 

बैठकले गरेको निर्णय अन्तरपार्टी निर्देशनले निर्देश गरेबमोजिम बुधबार सङ्गठन विभागलाई बुझाइने विभाग सचिव डा खतिवडाले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ