arrow

टी–२० विश्वकपमा आजदेखि सुपर आठका खेल, अमेरिका र दक्षिण अफ्रिका भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ५ बुधबार
t20-wc-2024-sa-usa.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा जारी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आजदेखि सुपर आठका खेल शुरु हुँदैछन् । सुपर आठको पहिलो खेलमा आज अमेरिका र दक्षिण अफ्रिका खेल्दैछन् ।

एन्टिगास्थित सर भीभीएन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८ः१५ बजेदेखि शुरु हुनेछ ।

यस विश्वकपको समूह चरणमा दक्षिण अफ्रिकाले समूह डीका चारै खेलमा जित हासिल गरेर ८ अंक सहित शिर्ष स्थानमा रहेर सुपर आठमा पुगेको छ । दक्षिण अफ्रिका समूह चरणमा भाग्यको साथमा निकै प्रतिष्पर्धात्मक खेलमा जित हासिल गर्दै अगाडि बढेको छ । नेपालसँग एक रनको तथा बंगलादेशसँग ४ रनको जित हासिल गरेको दक्षिण अफ्रिकालाई यस विश्वकपमा भाग्यको साथ रहेको छ ।

त्यस्तै अमेरिका भने यस विश्वकपको सरप्राइज टिम बनेर अगाडि आएको छ । अमेरिकाले समूह चरणमा पाकिस्तानलाई पराजित गरेर अगाडि बढेको छ । त्यस्तै अमेरिकाले भारतसँगको खेल हारे पनि क्यानाडालाई पराजित गरेको थियो भने आयरल्याण्डविरुद्धको खेल वर्षाले रद्ध भएको थियो ।

टी–२० अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिका र अमेरिका अहिलेसम्म खेलेका छैनन् । पहिलो पटक खेलिरहेका दुवैका लागि सेमिफाइनलको यात्राका लागि यो खेल महत्वपूर्ण रहेको छ ।

सुपर आठको समूह २ मा रहेका दुवै देशले वेस्ट इन्डिज र इङल्याण्डसँग एक एक खेल खेल्ने छन् ।      
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ