arrow

समूह चरणबाटै बाहिरिएपछि केनले छाडे कप्तानी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ५ बुधबार
kane-williamson-nz.jpg

काठमाडौँ । न्यूजिल्याण्ड जारी टी–२० विश्वकप क्रिकेटको सुपर–८ मा पुग्न नसकेपछि कप्तान केन विलियम्सनले कप्तानीबाट राजीनामा दिएका छन् । केन्द्रीय सम्झौता पनि उनले अस्वीकार गरेका छन् । उनको यो निर्णयले सबैलाई चकित बनाएको छ । यस्तो अवस्थामा उनले छिट्टै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने भन्ने प्रश्न उठिरहेको छ । 

केनले यसअघि नै टेस्ट टिमको कप्तानी छोडिसकेका छन् । केन बाहेक लुकी फर्गुसनले पनि न्यूजिल्याण्ड क्रिकेट बोर्डबाट केन्द्रीय सम्झौता लिन अस्वीकार गरेका छन् ।

न्यूजिल्याण्ड क्रिकेट बोर्डले आफ्नो आधिकारिक वेबसाइट मार्फत यो जानकारी दिएको हो । केनले आफ्नो खेलमा ध्यान केन्द्रित गर्न यो निर्णय लिएको बताइएको छ ।

न्यूजिल्याण्डका लागि ३५० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेका केनको यो निर्णय २०२४ को टी–२० विश्वकपमा निराशाजनक प्रदर्शनपछि आएको हो । किवी टोली समूह चरणमा वेस्ट इन्डिज र अफगानिस्तानसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो ।

केनले आफूले आफ्नो खेलमा ध्यान केन्द्रित गर्न यो निर्णय गरेको बताए । उनले आगामी दिनमा पनि केन्द्रीय सम्झौता स्वीकार गर्न आफू तयार रहेको बताए । केनले यस समयमा आफू आफ्नो परिवारसँग बढी समय बिताउन चाहेको बताए ।

उनले भनेका छन्, ‘न्यूजिल्याण्डका लागि खेल्न पाउनु एउटा सौभाग्यको कुरा हो र टोलीका लागि राम्रो प्रदर्शन गर्नु सधै मेरो प्राथमिकतामा रहेको छ । तर क्रिकेटभन्दा बाहिर मेरो जीवनमा परिवर्तन ल्याउनु भनेको मेरो परिवारसँग धेरै समय बिताउनु र उनीहरूसँग स्वदेश तथा विदेशमा अनुभवको आनन्द लिनु हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ