arrow

टी–२० विश्वकप क्रिकेटमा इङ्गल्याण्डलाई वेष्ट इन्डिजले दियो १८१ रनको लक्ष्य

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ६ बिहिबार
t20-wc-2024-wi-eng-9999.jpg

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटको सुपर एटमा वेष्ट इन्डिजले इङ्गल्याण्डलाई १८१ रनको चुनौती दिएको छ । 

ग्रस इजलेटमा जारी खेलमा वेष्ट इन्डिजले टस हारेर पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा १८० रन बनायो । 

जोनास चार्लस्ले ३४ बलमा ३८, कप्तान रोभमन पवेलले १७ बलमा ३६, निकोलस पुरनले ३२ बलमा ३६ तथा शेफाने रुदरफोर्डले १५ बलमा अविजित रहँदै २८ रन बनाए । 

यो सुपर एटको समूह २ को खेल हो । यसअघि यो समूहबाट दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले पराजित गरेको छ । 

आज समूह १ भारत र अफगानिस्तान राति ८ः१५ बजे खेल्नेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ