arrow

सुपर एटमा इङ्गल्याण्डको शानदार शुरुआत, वेष्ट इन्डिजमाथि ८ विकेटको जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ६ बिहिबार
t20-wc-2024-eng-wiy.jpg

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटको सुपर एटमा साविक विजेता इङ्गल्याण्डले शानदार शुरुआत गरेको छ । इङ्गल्याण्डले आयोजनक वेष्ट इन्जिडमाथि ८ विकेटको जित निकालेको छ ।  

ग्रस इजलेटमा भएको खेलमा वेष्ट इन्डिजले टस हारेर पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा १८० रन बनायो । 

जोनास चार्लस्ले ३४ बलमा ३८, कप्तान रोभमन पवेलले १७ बलमा ३६, निकोलस पुरनले ३२ बलमा ३६ तथा शेफाने रुदरफोर्डले १५ बलमा अविजित रहँदै २८ रन बनाए । 

जवाफमा इङ्गल्याण्डले १७.३ ओभरमै २ विकेटको क्षतिमा जित हासिल गर्यो । ओपनर फिल साल्टले ४७ बलमा अविजित रहँदै ८७ रन बनाए । 

त्यस्तै जोनि बेयरस्ट्रले २६ बलमा अविजित रहँदै ४८ रन जोडे । कप्तान जोस बटलरले २५ तथा मोइन अलीले १३ रन बनाए । 

योसँगै समूह २ मा इङ्गल्याण्ड २ अंकसहित शीर्ष स्थानमा पुगेको छ । यसअघि यो समूहबाट दक्षिण अफ्रिकाले अर्को आयोजक अमेरिकालाई १८ रनले पराजित गरेको थियो । 

विश्वकपको सरप्राइज टिम अमेरिका र वेष्ट इन्डिज भने अंकविहीन छन् ।  

आज समूह १ अन्तर्गतको खेलमाभारत र अफगानिस्तान राति ८ः१५ बजे खेल्नेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ