- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । दोस्रो पटक टी–२० विश्वकप क्रिकेटको अनुभव लिएर नेपाली क्रिकेट टिम फर्किएको छ । टोली दुई समूहमा फर्किएको हो ।
एउटा समूह राति १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो भने अर्को समूह बिहान १० बजे अवतरण गरेको हो ।
अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा जारी टी–२० विश्वकपमा नेपाल पहिलो चरणबाटै बाहिरिएको थियो ।
समूह डीमा रहेको नेपालले तीन खेलमा हार बेहोरेको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएको थियो ।
बंगलादेश र दक्षिण अफ्रिकासँग भएका पछिल्ला दुई खेलमा भने नेपाल जित नजिक पुगेर निराश बनेको थियो ।
नेपाल यसअघि सन् २०१४ को विश्वकपमा सहभागी भएको थियो ।
यसपालि पराजित भए पनि नेपालले अबका विश्वकपमा निरन्तर स्थान बनाउने गरी तयारी गर्नुपर्नेमा जोड दिइएको छ ।