arrow

सुपर एटमा भारतको शानदार शुरुआत, अफगानिस्तानमाथि ४७ रनको जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ७ शुक्रबार
t20-wc-2024-ind-afg.jpg

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पूर्व विजेता भारतले शानदार शुरुआत गरेको छ । भारतले अफगानिस्तानमाथि ४७ रनको जित निकालेको छ ।  

ब्रिजटाउनमा भएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १८१ रन बनायो । 

सूर्यकुमार यादवले २८ बलमा ५३, हार्दिक पाण्डेयाले २४ बलमा ३२ तथा ऋषभ पन्तले ११ बलमा २० रन बनाए । 

राशिद खान र फजलहक फारुकीले ३–३ विकेट लिए । 

जवाफमा अफगानिस्तानले २० ओभरमा अलआउट हुँदै १३४ रनमात्र बनाउन सक्यो । अज्मतुल्लाह ओमरजाईले सर्वाधिक २६ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा अर्शदीप सिंह र जसप्रित बुमराहले ३–३ विकेट लिए । कुलदीप यादवले २ विकेट लिए । 

योसँगै समूह १ मा भारत २ अंकसहित शीर्ष स्थानमा रहेको छ । यो समूहका अष्ट्रेलिया र बंगलादेशले अहिले खेलिरहेका छन् ।

बंगलादेशले टस हारेर पहिले ब्याटिङ गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ