arrow

सुपर एटमा अष्ट्रेलियाको विजयी शुरुआत, बंगलादेशमाथि २८ रनको जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ७ शुक्रबार
t20-wc-2024-aus-warner-head.jpg

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटको सुपर एटमा अष्ट्रेलियाले विजयी शुरुआत गरेको छ । अष्ट्रेलियाले बंगलादेशमाथि २८ रनको जित निकालेको छ ।  

नर्थ साउन्डमा भएको वर्षाले प्रभावित खेल पूरा हुन नसकेपछि डर्क वर्थ लेविस पद्धतिअनुसार अष्ट्रेलिया २८ रनले विजयी भएको हो । 

खेलमा पहिले ब्याटिङ गरेको बंगलादेशले ८ विकेटको क्षतिमा १४० रन बनायो । कप्तान नजमुलु हुसेन शान्टोले ३६ बलमा ४१ रन बनाए । 

टविड हृदयले २८ बलमा ४० रन जोडे । 

पाट कमिन्सले ३ तथा एडम जम्पाले २ विकेट लिए । जवाफमा अष्ट्रेलियाले ११.२ ओभर सम्भव भएको खेलमा २ विकेटको क्षतिमा १०० रन बनायो । 

डेभिड वार्नरले ३५ बलमा अविजित रहँदै ५३ तथा ट्राभिस हेडले २१ बलमा ३१ रन बनाए । 

वर्षाले खेल अगाडि बढाउन सम्भव नभएपछि डक वर्थ लेविस नियमानुसार ११.२ ओभरमा ७३ रनको चुनौतीको समीकरण आएसँगै अष्ट्रेलिया २८ रनले विजयी भएको हो । 

समूह १ मा एक एक खेल सकिएपछि अष्ट्रेलिया २ अंकसहित पहिलो तथा भारत दोस्रो स्थानमा रहेको छ । 

अफगानिस्तान र बंगलादेश भने अंकविहीन छन् । 

समूह २ मा इङ्गल्याण्ड र दक्षिण अफ्रिकाले जित हासिल गर्दा अमेरिका र वेष्ट इन्डिज पराजित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ