arrow

सरकारले गर्‍यो दलीय भागबण्डामा आठ देशमा राजदूत सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ७ शुक्रबार
cabinet-8103-7.jpg

काठमाडौँ । सरकारले आठ देशका राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक भागवण्डाका आधारमा राजदूत सिफारिस गरेको हो । 

सरकारले पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई भारतका लागि राजदूत सिफारिस गरेको छ । रेग्मी यसअघि बेलायतका राजदूत बनेका थिए । 

त्यस्तै अमेरिकाका लागि चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, बेलायतका लागि डा विजन पन्त, स्पेनका लागि पुष्पराज रन्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमानलाई सिफारिस गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलीय भागबण्डाका आधारमा आठ राजदूत सिफारिस गरेका हुन् । यसघघि नेपाली कांग्रेस र जसपा नेपालबाट सिफारिसमा भएका राजदूतलाई फिर्ता बोलाइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ