arrow

इङ्गल्याण्डमाथि दक्षिण अफ्रिकाको ७ रनको रोमाञ्चक जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ८ शनिबार
t20-wc-2024-sa-eng.jpg

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटको सुपर एटमा दक्षिण अफ्रिकाले इङ्गल्याण्डलाई पराजित गरेको छ । दक्षिण अफ्रिकाले इङ्गल्याण्डलाई ७ रनले पराजित गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको १६३ रनको लक्ष्य पछ्याएको इङ्गल्याण्डले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएपछि दक्षिण अफ्रिका ७ रनले विजयी भएको हो ।

यसअघि पहिले ब्याटिङ्ग गर्दै दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । यो जितपछि दक्षिण अफ्रिकाले सुपर आठमा लगातार दुई खेल जितेको छ । सेमिफाइनल नजिक पुगेको छ । 

यस विश्वकपमा दक्षिण अफ्रिकाको यो लगातार छैटौँ जित हो । त्यस्तै इङ्गल्याण्डले भने सुपर आठको दोस्रो खेलमा एक जित र एक हार बेहोरेको छ ।

अब सुपर आठको अन्तिम खेलमा दक्षिण अफ्रिकाले सोमबार वेस्ट इन्डिजको सामना गर्नेछ भने इङ्गल्याण्डले आइतबार राति अमेरिकासँग खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ