arrow

आयोजकको भिडन्तमा वेष्ट इन्डिजसँग पराजित भएसँगै सकियो अमेरिकाको यात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ८ शनिबार
t20-wc-2024-wi-usa.jpg

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटको सुपर एटमा आयोजक वेष्ट इन्डिजले अर्को आयोजक राष्ट्र अमेरिकामाथि शानदार जित हासिल गरेको छ । 

ब्रिजटाउनमा शनिबार बिहान भएको खेलमा वेष्ट इन्डिज ९ विकेटले विजयी भयो । 

पहिले ब्याटिङ गरेको अमेरिकाले १९.५ ओभरमा सबै विकेट गुमाएर १२८ रनमात्र बनायो । एन्ड्रेस गसले १६ बलमा २९ रन बनाए । 

रोस्टन चेज र आन्द्रे रसेलले ३–३ विकेट लिए । 

जवाफमा वेष्ट इन्डिजले १०.५ ओभरमा १ विकेटको क्षतिमा जित हासिल गर्यो । 

शाइ होपले ३९ बलमा अविजित रहँदै ८२ रन बनाए । त्यस्तै निकोलस पुरनले १२ बलमा अविजित रहँदै २७ रन जोडे । 

यो हारसँगै अमेरिकाको सुपर एटबाटै यात्रा टुंगिएको छ । यद्यपि पहिलो पटक अमेरिका सुपर एटमा मात्र पुगेको छ कि सन् २०२६ को विश्वकपलाईसमेत छानिएको छ । 

क्रिकेटमा कमजोर आँकिएको अमेरिकाले यसपालि भने कमालको प्रदर्शन गरेको हो । उसले पाकिस्तान जस्तो टिमलाई पनि पराजित गरेको थियो । 

सुपर ८ को समूह २ मा २ खेलबाट ४ अंकसहित दक्षिण अफ्रिका शीर्ष स्थानमा छ । वेष्ट इन्डिज र इङ्गल्याण्डको समान २ अंक छ । अंकविहीन अमेरिका अन्तिम खेल खेल्नुअघि नै बाहिरिएको हो । 

समूह चरणको अन्तिम खेलमा अमेरिकाले इङ्गल्याण्डसँग र दक्षिण अफ्रिकाले वेष्ट इन्डिजसँग खेल्नेछ । 

तीनमध्ये दुई टिम सेमिफाइनलमा पुग्नेछन् । 

समूह १ 
समूह १ मा १ खेलबाट अष्ट्रेलिया २ अंकसहित पहिलो तथा भारत दोस्रो स्थानमा रहेको छ । 

अफगानिस्तान र बंगलादेश भने अंकविहीन छन् । आज राति भारत र बंगलादेश खेल्दैछन् । भारतले जित हासिल गर्दा सेमिफाइनलमा पुग्नेछ । बंगलादेश विजयी हुँदा समीकरण रोमाञ्चक हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ