arrow

काठमाडौँबाट पोखरा आउँदै गरेको बस दुर्घटनामा, ६ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ८ शनिबार
accident-final.jpg

पोखरा । काठमाडौँबाट पोखरा आउँदै गरेको यात्रुबस आज बिहाज तनहुँमा दुर्घटनामा परेको छ । सो दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन् । उनीहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । 

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आज बिहान ३ः४० बजे तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. २ ट्राफिक पोष्टस्थित पृथ्वी राजमार्गमा ना५ख ४३७४ न.को बस दुर्घटनामा परेको हो । 

बस अनियन्त्रित भइ सडकको नालामा परेको तनहुँ प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक कुमार रायले जानकारी दिए । 

घाइते हुनेमा पोखरा-१३ की ३० वर्षीया सुनिता सुनार र ५ वर्षीय रेशम सुनार, पोखरा-३२ की २५ वर्षीया संगीता तिवारी र २८ वर्षीय सन्दीप तिवारी, धादिङ ज्वालामुखी-७ की १० वर्षीया सुरक्षा कंडेल र ३८ वर्षीय टेकनाथ कंडेल छन् ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको डीएसपी रायले जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ