arrow

भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ९ आइतबार
darchula.png

दार्चुला । दार्चुलामा भरुवा बन्दुकको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा नौगाड गाउँपालिका वडा नं. १ लक्सेरी नागु बस्ने अन्दाजी ५५ वर्षीय धङ्के डडाल रहेका छन् ।

सोही ठाउँका ४५ वर्षीय जयसिंह डडालले मल्लासेली भन्ने वनमा सिकार खेल्ने क्रममा बन्दुक पड्काएकामा टाउकोमा गोली लागेका डडालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

स्थानीयका अनुसार डडालले सोही वनमा पासा थापिरहेका थिए । गोली हान्ने जयसिंहलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ