arrow

भारत टी–२० विश्वकपको सेमिफाइनल नजिका, बंगलादेश ५० रनले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ९ आइतबार
t20-wc-2024-india-win.jpg

काठमाडौँ । भारत लगातार दुई जितसहित टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ । सुपर एटमा लगातार दोस्रो जितसहित भारत सेमिफाइनल नजिक पुगेको हो । 

नर्थ साउन्डमा गएराति भएको खेलमा भारतले बंगलादेशलाई ५० रनले हरायो । पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा १९५ रन बनायो । 

हार्दिक पाण्डेयाले २७ बलमा अविजित रहँदै ५० रन बनाए । विराट कोहलीले २८ बलमा ३७ तथा ऋषभ पन्तले २४ बलमा ३६ रन बनाए । 

जवाफमा बंगलादेशले ८ विकेटको क्षतिमा १४६ रनमात्र बनाउन सक्यो । कप्तान नजमुल हुसेन शान्टोले सर्वाधिक ४० रन बनाएको इनिङ्समा भारतका लागि कुलदीप यादवले ३, अर्शदीप सिंह र जसप्रित बुमराहले समान २–२ तथा अलराउन्डर एवं प्लेयर अफ द म्याच हार्दिक पाण्डेयाले १ विकेट लिए । 

यो जितसँगै भारतको २ खेलमा ४ अंक भएको छ । दोस्रो स्थानको अष्ट्रेलियाको १ खेलबाट २ अंक छ । अफगानिस्तानको एक खेलबाट शून्य तथा बंगलादेशको २ खेलबाट शून्य अंक छ । बंगलादेश औपचारिक रुपले नै सेमिफाइनल होडबाट बाहिरिएको छ । 

अहिले अष्ट्रेलिया र अफगानिस्तान भिडिरहेका छन् । अफगानिस्तानले पहिले ब्याटिङ गरिरहेको छ । यो खेल विजयी भए अष्ट्रेलियासँगै भारत पनि सेमिफाइनलमा पुग्नेछ भने अफगानिस्तान पनि बाहिरिने छ । 

अफगानिस्तान विजयी भए सेमिफाइनल होड रोमाञ्चक हुनेछ । 

सुपर ८ को समूह २ मा २ खेलबाट ४ अंकसहित दक्षिण अफ्रिका शीर्ष स्थानमा छ । वेष्ट इन्डिज र इङ्गल्याण्डको समान २ अंक छ । अंकविहीन अमेरिका अन्तिम खेल खेल्नुअघि नै बाहिरिएको हो । 

समूह चरणको अन्तिम खेलमा अमेरिकाले इङ्गल्याण्डसँग र दक्षिण अफ्रिकाले वेष्ट इन्डिजसँग खेल्नेछ । 

तीनमध्ये दुई टिम सेमिफाइनलमा पुग्नेछन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ