- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । अस्ट्रेलियाका बलर पाट कमिन्सले टी–२० विश्वकप क्रिकेटमा अनौठो कीर्तिमान बनाएका छन् । जारी टी–२० विश्वकपमा लगातार दोस्रो खेलमा ह्याट्रिक लिदै कमिन्सले नयाँ कीर्तिमान बनाएका हुन् ।
अफगानिस्तानअघि कमिन्सले बंगलादेशविरुद्धको खेलमा पनि ह्याट्रिक लिएका थिए । योसँगै कमिन्सले टी–२० विश्वकपमा दुई ह्याट्रिक लिने विश्वकै पहिलो बलर बनेका छन् ।
अफगानिस्तानको इनिङ्सको १८औं ओभरको अन्तिम बलमा कमिन्सले राशिद खानलाई आउट गरेका थिए । यसपछि २०औं ओभरको पहिलो दुई बलमा करिम जनात र गुलबदिन नाइब आउट गरेका थिए ।
यसअघि बंगलादेशविरुद्धको खेलमा कमिन्सले इनिङ्सको १८औं ओभरको अन्तिम दुई बलमा महमुदुल्लाह र मेहदी हसनलाई आउट गरेका थिए भने २०औं ओभरको पहिलो बलमा तौहिद हृदयोयलाई आउट गरेका थिए ।
कमिन्स टी–२० अन्तर्राष्ट्रियमा दुई ह्याट्रिक गर्ने पाँचौं बलर बनेका छन्। उनीअघि श्रीलंकाका पूर्व बलर लसिथ मालिंगा, न्यूजिल्याण्डका टिम साउथी, सर्बियाका मार्क पाभलोभिक र माल्टाका वासिम अब्बासले यस्तो गरेका थिए । यद्यपिले कमिन्सले लगातार दुई टी–२० अन्तर्राष्ट्रियमा ह्याट्रिक विकेट लिने विश्वका पहिलो बलर बनेका छन् ।
त्यसैगरी टी–२० विश्वकपको इतिहासमा यो आठौँ ह्याट्रिक हो । कमिन्सले यीमध्ये दुई पटक ह्याट्रिक लिएका छन् । योसँगै अस्ट्रेलियाका बलरले तेस्रो पटक टी–२० विश्वकपमा ह्याट्रिक लिएका छन् । कमिन्स बाहेक ब्रेट लीले सन् २००७ मा यो काम गरेका थिए । कमिन्स टी(२० अन्तर्राष्ट्रियमा ह्याट्रिक गर्ने अष्ट्रेलियाका चौथो बलर बनेका छन् ।