arrow

फोहरलाई कार्पेट मुनि राखेको भए बैंकहरुको खराब कर्जा बढ्दैनथ्योः गभर्नर अधिकारी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ९ आइतबार
mahaprasad-adhikari-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले फोहरलाई कार्पेटबाट बाहिर ल्याएकाले अहिले खराब कर्जा बढेको टिप्पणी गरेका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा उनले नेपाल राष्ट्र बैंकले लिएका चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन, सम्पत्ति वर्गीकरण सम्बन्धी गाइडलाइन तथा नियामकीय पद्दति सम्बन्धी नीतिहरुका कारण मुख्य रुपमा अहिले निष्क्रिय कर्जा बढेको बताए । 

उनले आर्थिक शिथिलताका कारणसमेत खराब कर्जामा बढोत्तरी भएको भए पनि यसमासमेत ऋण नउठ्नु मात्रै मुख्य कारण नभएको उनको भनाइ थियो । ‘साथीहरु दुई वर्षमै दोब्बर भन्दा बढी एनपीए कसरी भयो भन्नुहुन्छ, त्यो क्याल्कुलेसन कसरी हुन्छ हेर्नुपर्छ’, गभर्नर अधिकारी भन्छन्,‘एनपीए त्यति नै बढ्यो तर ऋणको वृद्धिदर कम भयो भने पनि यसले निष्क्रिय कर्जा बढाउँछ, हामीले लिएको कर्जा विस्तारको ११–१२ प्रतिशतको लक्ष्य हासिल भएको भए एनपीए तीन–साढे तीन प्रतिशतमा सीमित हुन्थ्यो होला ।’

चैत मसान्तसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको कुल निष्क्रिय कर्जा अनुपात ४ प्रतिशत भन्दा माथि छ । पुनर्तालिकीकरण तथा पुनर्संरचना गरिएका ऋणहरु पनि आफैँमा निष्क्रिय कर्जा नै रहेको तथा राइटअफ गरिएको कर्जा समेत जोड्दा यो अंक झनै माथि पुग्ने बैंकर तथा विज्ञहरुको भनाइ रहेको थियो । 

यो अवधिमा राष्ट्र बैंकले चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन ल्याउँदै संस्थागत पमा प्रवाह भएका चालु पूँजी कर्जालाई कुल वार्षिक बिक्रीको २५ प्रतिशतभन्दा धेरै हुन नपाउने व्यवस्था गरेसँगै यस्ता कर्जाहरुको भुक्तानीमा समस्या भएको थियो । गभर्नर अधिकारीले यो समस्या कुनै न कुनै दिन समाधान हुनैपर्ने भन्दै राष्ट्र बैंकले ठीक समयमा ठीक नीति लिएको दाबी गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ