arrow

स्याङ्जामा बसको ठक्करबाट एकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ९ आइतबार
accident-final.jpg

पोखरा । स्याङ्जामा आज दिउँसो बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको बिरुवा गाउँपालिका वडा नं.६ चिन्नेबासका ८१ वर्षीय दुर्गाबहादुर थापा छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार आज दिउँसो १ः१० बजे वालिङ नगरपालिका वडा नं. ८ मिर्दीस्थित सिद्धार्थ राजमार्गमा सो दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाका अनुसार थापा बुटवलबाट पोखरा आउँदै गरेको ग१ख ६२३७ नं. को बसमा सवार थिए । मिर्दीमा बसबाट ओर्लिएर बाटो काट्न लाग्दा सोही बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि तत्कालै प्राथमिक स्वास्थ्य केन्द्र वालिङमन लगिएकोमा १ः४० बजे चिकित्सकले मृत घोषणा गरेको हो ।
बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ