arrow

इङ्गल्याण्ड टी–२० विश्वकपको सेमिफाइनलमा, सकियो अमेरिकाको सनसनीपूर्ण यात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १० सोमबार
t20-wc-2024-eng-cheers.jpg

काठमाडौँ । इङ्गल्याण्ड जारी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । सुपर आठको अन्तिम खेलमा अमेरिकामाथि १० विकेटको फराकिलो जित हासिल गर्दै इङ्गल्याण्डले समूह २ बाट सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

अमेरिकाले दिएको ११६ रनको लक्ष्य इङ्गल्याण्डले ९‍४ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पूरा गरेको थियो ।

इङ्गल्याण्डका लागि कप्तान जोस बटलरले आक्रामक ब्याटिंग गर्दै ३८ बलमा ८३ रन बनाएका थिए । त्यस्तै फिल साल्टले २५ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको अमेरिकाले १८‍५ ओभरमा अल आउट हुँदै ११५ रन मात्र बनाएको थियो । अमेरिकालाई अल आउट गर्ने क्रममा क्रिस जोर्डनले १९औँ ओभरमा ह्याट्रिकसहित ४ विकेट लिएका थिए ।

यो जितपछि इङ्गल्याण्डको सुपर आठको समुह २ मा ३ खेलमा ४ अंक भएको छ र शीर्ष स्थानमा उक्लिदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ । त्यस्तै हारपछि अमेरिका भने सुपर आठका तीनै खेलमा हार बेहोरेर बाहिरिएको छ । 

अमेरिका बाहिरिएको भए पनि सनसनीपूर्ण प्रदर्शन गर्दै विश्वको ध्यान खिचेको छ । पहिलो पटक आयोजना गरेको अमेरिकाले सुपर आठमा पुगेर सनसनी मच्यायो । 

अमेरिकाले सन् २०२६ को विश्वकपका लागिसमेत स्थान बनाउन सफल भएको छ । 

त्यस्तै यस समूहबाट अहिले जारी वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीचको खेलको विजेता सेमिफाइनलमा पुग्नेछ । 

खेलमा टस हारेर वेस्ट इन्डिजले पहिले ब्याटिङ गरेको छ ।         



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ