arrow

चिनियाँ उपविदेशमन्त्री तीन दिने नेपाल भ्रमणमा आउँदै

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक मंगलबार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १० सोमबार
Sun-Weidong-china.jpg

काठमाडौँ । चीनका उपविदेशमन्त्री सुन वेइडोङ आजदेखि नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै छन् । 

भ्रमणका क्रममा भोलि मंगलबार काठमाडौँमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन् भने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू सम्मिलित हुनेछन् । 

भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ ।

त्यस क्रममा चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्तासमेत गर्ने कार्यक्रम छ । 

उपविदेशमन्त्री सुन असार १२ गते फिर्ता हुने जनाइएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ