arrow

दक्षिण अफ्रिका टी–२० विश्वकपको सेमिफाइनलमा, बाहिरियो वेष्ट इन्डिज 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १० सोमबार
t20-wc-2024-sa-wi.jpg

काठमाडौँ । दक्षिण अफ्रिका टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर ८ को अन्तिम खेलमा आयोजक वेष्ट इन्डिजमाथि ३ विकेटको जित हासिल गर्दै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो । 

नर्थ साउन्डमा भएको खेलमा पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ८ विकेटको क्षतिमा १३५ रन बनायो । रोस्टन चेजले ४२ बला ५२ रन बनाए । टाबरैज शाम्शीले ३ विकेट लिए । 

जवाफमा वर्षाले गर्दा १७ ओभरमा झारिएको खेलमा पाएको १२३ रनको चुनौती दक्षिण अफिकाले १६.१ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । 

ट्रिस्टन स्टुब्सले सर्वाधिक २९ रन बनाए । हेन्रिक क्लासेनले १० बलमा २२ तथा मार्को जासेनले १४ बलमा अविजित रहँदै २१ रन बनाए । 

चेजले अलराउन्ड प्रदर्शन गर्दै ३ विकेटसमेत लिए पनि टिमलाई जिताउन भने सकेनन् । यो खेलसँगै समूह २ बाट समूह विजेता बन्दै दक्षिण अफ्रिका ६ अंकसहित सेमिफाइनलमा पुगेको छ । इङ्गल्याण्ड ४ अंकसहित उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । 

यो समूहबाट आयोजकद्वय अमेरिका र वेष्ट इन्डिज बाहिरिएका छन् । 

समूह १ मा भने भारतको एक चरणको खेल बाँकी रहँदै भारतको ४ अंक छ भने अष्ट्रेलिया र अफगानिस्तानको समान २ अंक छ । अंकविहीन बंगलादेश बाहिरिएको छ । 

अन्तिम चरणमा भारत र अष्ट्रेलिया तथा बंगलादेश र अफगानिस्तान खेल्नेछन् । आज राति भारत र अष्ट्रेलिया ८ः१५ बजे खेल्नेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ