arrow

रुपामा ट्रक दुर्घटना, सहचालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १० सोमबार
accident-final.jpg

पोखरा । कास्कीमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा कास्कीको रुपा गाउँपालिका वडा नं. १ शास्त्रीका १९ वर्षीय सुनील विक छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका विकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा राति ११ः५५ बजे चिकित्सकले मृत घोषणा गरेको हो । सुनीलको शव अस्पतालमै राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आइतबार साँझ ७ बजे रुपा-३ पैचोकबाट ताकांजा जाँदै गरेको ग१क३३६१ नम्बरको मिनीट्रक अनियन्त्रित भई ढिस्कोमा ठोक्किँएर दुर्घटना भएको हो ।

सो दुर्घटनामा घाइते भएका ट्रकधनी लमजुङ मध्यनेपाल नगरपालिका-७ का ४५ बर्षीय उमेश अधिकारी र चालक रुपा-१ शास्त्रीका २८ बर्षीय राज विकको पक्षे अस्पतालमै उपचार भई घर फर्किएका छन् ।

ट्रक चालक विकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ