arrow

सांसद शर्माको केएमसीको टोली भक्तपुरमा, पाँच सय बिरामीको निःशुल्क उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १० सोमबार
kmc-81-3-10.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । 

हिमाल एकेडेमीको आयोजनामा स्कूलको प्राङ्गण गुन्डूमा भएको स्वास्थ्य शिविरमा ५०१ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । 

बिरामीमध्ये ३७ जनाको ईसीजी, ५९ जनाको ल्याब परीक्षण र ९७ जनाको भिडियो एक्सरे गरिएको थियो ।

५५ जना बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ