arrow

भारत टी–२० विश्वकपको सेमिफाइनलमा, अष्ट्रेलियाको सम्भावना 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ११ मंगलबार
t20-wc-2024-ind-aus.jpg

काठमाडौँ । भारत टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर ८ को अन्तिम खेलमा अष्ट्रेलियामाथि २४ रनको जित हासिल गर्दै भारत सेमिफाइनलमा पुगेको हो । 

इजलेटमा भएको खेलमा पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा २०५ रन बनायो । रोहित शर्माले ४१ बलमा ९२ रन बनाए । त्यस्तै शिवम दुबेले २२ बलमा २८ तथा हार्दिक पाण्डेयाले १७ बलमा अविजित रहँदै २७ रन बनाए । 

मिचेल स्टार्च र मार्कस स्टोइनिसले २–२ विकेट लिए । जवाफमा अष्ट्रेलियाले ७ विकेटको क्षतिमा १८१ रन बनाउन सक्यो । ट्राभिस हेडले ४३ बलमा ७६ रन बनाए । अर्शदीप सिंहले ३ तथा कुलदीप यादवले २ विकेट लिए । 

योसँगै समूह १ बाट तीन ओटै खेल जितेर समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । अर्को सेमिफाइनलमा पुग्ने टिमको छिनोफानो अहिले हुँदैछ । 

समूहमा अष्ट्रेलियाको २, अफगानिस्तानको २ तथा बंगलादेश अंकविहीन हुँदा अहिले बंगलादेश र अफगानिस्तान भिडिरहेका छन् । 

यदि अफगानिस्तान विजयी भयो भने सेमिफाइनलमा पुग्नेछ । यदि बंगलादेश विजयी भयो भने रनरेटमा अष्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ । 

अफगानिस्तानले बंगलादेशलाई जितका लागि मात्र ११६ रनको चुनौती दिएको छ । 

अर्को समूहबाट दक्षिण अफ्रिका ६ अंकसहित र इङ्गल्याण्ड ४ अंकसहित सेमिफाइनलमा पुगेको छ ।

सेमिफाइनलमा भारतको भिडन्त इङ्गल्याण्डसँग हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ