arrow

बसले किच्दा एक महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १२ बुधबार
accident-final.jpg

पोखरा । पोखरामा सवारी दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नं. २७ तालचाेकमा बसले किच्दा कास्कीको मादी गाउँपालिका वडा नं. ९ मिजुरे घर भइ हाल पोखरा-२९ आदर्शचोक बस्दै आएकी करिब ४२ वर्षकी बुद्धीसरा नेपालीको ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मंगलबार साँझ ६ः५५ बजे पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग१ख ४२२५ नम्बरको बसले किच्दा नेपाली गम्भीर घाइते भएकी थिइन् ।

उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा ९ः५० बजे चिकित्सकले मृत घोषणा गरेको हो । 

प्रहरीका अनुसार ती महिला सोही बसमा सवार रहेको र तालचोकमा बसबाट झर्न लाग्दा बस अचानक अगाडि बढेको र बसको पछाडिको चक्काले किचेको हो । 

बस र बस चालक पोखरा-२६ जलधारेका ३२ वर्षका कमल विकलाई डाँडाकोनाक प्रहरी चौकीको नियन्त्रणमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ