arrow

पार्टी आसन र भाषणमा रमाएको भन्दै रास्वपा प्यूठानका संयोजक सुवेदीले दिए राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १२ बुधबार
suman-subedi-81-3-12.jpg

काठमाडौँ । पार्टी आसन र भाषणमा रमाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्यूठान संयोजक सुमन सुवेदीले पार्टी छाडेका छन् । उनले आफू आसन र भाषणमा रमाउन नसकेको भन्दै सामाजिक संजालमार्फत पार्टी छाडेको घोषणा गरेका हुन् । 

उनले मंगलबार लेखेका छन्, ‘आजको मितिदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि जिम्मेवारीमा आफू नरहेको जानकारी गराउन चाहन्छु ।’

 ‘समाज, मेरो बुझाइ र मेरो स्वभाव कहीँ कतै केही समस्या अवश्यै छ, त्यसैले मलाई म पार्टीगत राजनीतिका लागि योग्य होइन भन्ने लाग्यो । अझ सानो मान्छेलाई ठूलो पद झन् बेस्सरी भारी भयो । आसन र भाषणमा मात्रै रमाउन मनले मानेन ।’

पार्टीले ०८४ मा बहुमतको सरकार बनाउने नीति लिएको भए पनि सत्ताको रसास्वादन र गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएसँगै नेताहरुले छाड्ने क्रम जारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ