arrow

टी–२० विश्वकपः अफगानिस्तान धरासायी, दक्षिण अफ्रिका इतिहास नजिक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १३ बिहिबार
t20-wc-2024-afg-sa.jpg

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेर कीर्तिमान रचेको अफगानिस्तानले सेमिफाइनलमा भने बिर्सनयोग्य प्रदर्शन गरेको छ । 

दक्षिण अफ्रिकाविरुद्धको सेमिफाइनलमा अफगानिस्तानले कमजोर प्रदर्शन गरेको हो । 

टारोउवामा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमा अलआउट हुँदै ५६ रनमात्र बनाउन सक्यो । 

अज्मतुल्लाह ओमरजाईले मात्र दोहोरो अंक जोड्ने क्रममा १० रन बनाए । सर्वाधिक १३ रन भने अतिरिक्तका रुपमा आएको थियो । 

दक्षिण अफ्रिकाका लागि मार्को जासेन र तबरैज शाम्सीले ३–३ तथा कागिसो रबाडा र एन्रिच नोट्जेले समान २–२ विकेट लिए । 

दक्षिण अफ्रिका पनि विश्वकपमा अभागी टिम रहँदै आएको छ । अहिलेसम्म कुनै पनि उपाधि जितेको छैन । यो अर्थमा इतिहास नजिक पुगेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ