arrow

टी–२० विश्वकप

दक्षिण अफ्रिका पहिलो पटक विश्वकप क्रिकेटको फाइनलमा 

नेपालसँग हार नजिक पुगेर पनि १ रनले जितेको टिमले सेमिफाइनलमा अफगानिस्तानलाई हरायो ९ विकेटले

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १३ बिहिबार
t20-wc-2024-sa-winning.jpg

काठमाडौँ । दक्षिण अफ्रिका पहिलो पटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । अहिलेसम्म सेमिफाइनलसम्म मात्र पुग्दै आएको दक्षिण अफ्रिका बिहीबार बिहान टी–२० विश्वकप क्रिकेटको फाइनलमा पुगेर कीर्तिमान रचेको हो । 

टारोउवामा भएको सेमिफाइनलमा दक्षिण अफ्रिकाले पहिलो पटक सेमिफाइनलमा पुगेर कीर्तिमान रचेको अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमा अलआउट हुँदै ५६ रनमात्र बनाउन सक्यो । 

अज्मतुल्लाह ओमरजाईले मात्र दोहोरो अंक जोड्ने क्रममा १० रन बनाए । सर्वाधिक १३ रन भने अतिरिक्तका रुपमा आएको थियो । 

दक्षिण अफ्रिकाका लागि मार्को जासेन र तबरैज शाम्सीले ३–३ तथा कागिसो रबाडा र एन्रिच नोट्जेले समान २–२ विकेट लिए ।

जवाफमा दक्षिण अफ्रिकाले ८.५ ओभरमै १ विकेटको क्षतिमा जित हासिल गर्यो । 

रिजा हेन्रिकले २५ बलमा अविजित रहँदै २९ तथा कप्तान आइडेन मार्करमले २१ बलमा अविजित रहँदै २३ रन बनाए ।   

दक्षिण अफ्रिका पनि विश्वकपमा अभागी टिम रहँदै आएको छ । अहिलेसम्म कुनै पनि उपाधि नजितेको दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेको हो । यसअघि एक दिवसीय र टी–२० गरी सात पटक सेमिफाइनलबाट बाहिरिएको थियो । 
 

दक्षिण अफ्रिकाले समूह चरणमा नेपालसँग मात्र एक रनको जित हासिल गरेको थियो । नेपाल कीर्तिमान नजिक पुगेर पनि बाहिरिनु पराजय बेहोर्न पुग्यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ