arrow

भारत र इङ्गल्याण्ड बीचको सेमिफाइनलमा वर्षा वाधक, यस्तो छ सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १३ बिहिबार
t20-wc-2024-weather.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा राति भारत र इङ्गल्याण्ड भिड्दै छन् । गुयानाको प्रोभिडेन्स मैदानमा हुने यो खेल पूरा हुनेमा भने शंका उब्जिएको छ । 

त्यहाँ निरन्तर वर्षा भएसँगै खेल पूरा हुने सम्भावना कम रहेको हो । केही घण्टादेखि निरन्तर वर्षा भइरहेको छ । 

खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि शुरु हुँदै गर्दा टस हुने समयमा ७५ प्रतिशत वर्षा कायमै रहने अनुमान गरिएको छ । 

यो सेमिफाइनलका लागि रिजर्भ डे पनि उपलब्ध गराइएको छैन । यद्यपि नियमित समय भन्दा चार घण्टा बढीको समय भने सेमिफाइनलमा उपलब्ध हुनेछ । 

जसअनुसार वर्षा हुँदै रोकिँदै गएमा खेल पूरा हुन सक्नेछ । डकवर्थ लेविस नियममा खेल पूरा हुन पनि दुवैतर्फ कम्तीमा १०–१० ओभर हुनुपर्नेछ । 

खेल पूरा हुन नसकी रद्द भएका खण्डमा भारत फाइनलमा पुग्नेछ । सुपर ८ को समूह विजेता भएका नाताले भारत स्वतः फाइनलमा पुग्नेछ ।

इङ्गल्याण्ड भने समूहको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । 

यो खेलको विजेताले फाइनलमा दक्षिण अफ्रिकासँग खेल्नेछ । 

दक्षिण अफ्रिका पहिलो पटक विश्वकप क्रिकेटको फाइनलमा 
दक्षिण अफ्रिका पहिलो पटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । अहिलेसम्म सेमिफाइनलसम्म मात्र पुग्दै आएको दक्षिण अफ्रिका बिहीबार बिहान टी–२० विश्वकप क्रिकेटको फाइनलमा पुगेर कीर्तिमान रचेको हो । 

टारोउवामा भएको सेमिफाइनलमा दक्षिण अफ्रिकाले पहिलो पटक सेमिफाइनलमा पुगेर कीर्तिमान रचेको अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमा अलआउट हुँदै ५६ रनमात्र बनाउन सक्यो । 

अज्मतुल्लाह ओमरजाईले मात्र दोहोरो अंक जोड्ने क्रममा १० रन बनाए । सर्वाधिक १३ रन भने अतिरिक्तका रुपमा आएको थियो । 

दक्षिण अफ्रिकाका लागि मार्को जासेन र तबरैज शाम्सीले ३–३ तथा कागिसो रबाडा र एन्रिच नोट्जेले समान २–२ विकेट लिए ।

जवाफमा दक्षिण अफ्रिकाले ८.५ ओभरमै १ विकेटको क्षतिमा जित हासिल गर्यो । 

रिजा हेन्रिकले २५ बलमा अविजित रहँदै २९ तथा कप्तान आइडेन मार्करमले २१ बलमा अविजित रहँदै २३ रन बनाए ।   

दक्षिण अफ्रिका पनि विश्वकपमा अभागी टिम रहँदै आएको छ । अहिलेसम्म कुनै पनि उपाधि नजितेको दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेको हो । 

यसअघि सात पटक सेमिफाइनलबाटै बाहिरिँदै आएको छ । यसपालि समूह चरणमा पनि दक्षिण अफ्रिकाले भाग्यले खेल जित्दै आएको छ । 

नेपालसँग हार नजिक पुगेर पनि दक्षिण अफ्रिका १ रनले विजयी भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ