arrow

समाजवादी कार्यक्रम महाधिवेशनमा अनुमोदन हुन्छ : पूर्वप्रधानमन्त्री खनाल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १४ शुक्रबार
jhalanath-khanel.jpeg
फाइल तस्बिर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीले अघि सारेको समाजवादी कार्यक्रम आसन्न महाधिवेशनमा अनुमोदन हुने बताएका छन् ।

पार्टी निकट युवा सङ्घ नेपालद्वारा आयोजित कार्यक्रममा उनले मुलुकको सङ्कटको सामना गर्ने गरी समाजवादी कार्यक्रम बनाइएको बताए । 

श्रमजीवि युवाहरु पलायन भइरहेको अवस्थामा देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक र समाजवादी युवाहरु एकजुट हुनु जरुरी रहेको बताउँदै नेता खनालले लोकतान्त्रिक, देशभक्त र समाजवादी दृष्टिकोणलाई स्थापित गर्न युवाहरु एकताबद्ध भएर क्रियाशील हुनुपर्ने विचार व्यक्त गरे ।

समाजवादले मात्र विद्यमान शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारीलाई समाधान गर्नसक्ने विचार व्यक्त गर्दै उनले भने, “हाम्रो देश यतिवेला समाजवादी क्रान्ति र रुपान्तरणको युगमा प्रवेश गरेको छ । समाजवादको यात्रालाई तीव्र र व्यापक पार्नु जरुरी छ ।”

पार्टीका महासचिव घनश्याम भुसालले सम्पूर्ण समस्या, विकार र विकृतिको एकमात्र समधान समाजवाद भएको उल्लेख गर्दै सम्पूर्ण युवा, आम क्रान्तिकारी जनतालाई गोलबद्ध गरी समाजवादको सुन्दर भविष्यतिर आफ्ना प्रचार केन्द्रित गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

सङ्गठन र सङ्घर्षलाई समाजवादी दिशामा अगाडि बढाउनुपर्ने बताउँदै उनले भने, “यात्रा समृद्धिको र लक्ष्य समाजवादको भन्ने महत्वपूर्ण नारालाई दृढतापूर्वक समातौँ, समाजको प्रधान अन्तर्विरोधलाई प्रतिनिधित्व गर्ने समूहप्रति निशाना केन्द्रीत गरौँ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ